Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

images
  • सेतोमसी सहकर्मी
  • नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् ।  शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए । 

    images
    images
    images

    उनले आफूहरू विश्वकपका लागि उत्साहित रहेको समेत बताए । उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयारी भइसकेको बताए । पौडेलले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने समेत दाबी गरे ।

    images
    images
    images

    ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ  । हामी तयारीमा छौँ । सबै जना साथमा हुनुहुन्छ’ उनले भने, ‘बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ  । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ  भन्ने सन्देश दिनुपर्छ अब ।’

    images
    images
    images

    सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताए । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको समेत बताए । यसपटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरूको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताउँदै उनले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताए ।

    उनले भने, ‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौँ । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरिरहेका छौँ । दुई फरक–फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौँ  । दीपेन्द्रसिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरू गरिरहेको छ । स्पिनर बलरको भूमिका धेरै नै महत्त्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’

    उनले दीपेन्द्रसिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताए । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप सुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहित पौडेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।