Logo

२०८३, कार्तिक २५गते


images
images

नारी नेतृत्व

पिडितको पक्षमा पैरवी गर्ने पार्वती

पिडितको पक्षमा पैरवी गर्ने पार्वती

images
  • पिडितको पक्षमा पैरवी गर्ने पार्वती
    images

    अनेकौं अभाव र संघर्षका सिंढी चढ्दै जीवनमा सफलताको सास फेरेकी एक महिला । हजारौं विद्यार्थीकी गुरुमा । र, न्याय खोसिएका सयौं पिडितजनको पक्षमा पैरवी गर्ने वकिल । उनी हुन् - अधिवक्ता पार्वती अधिकारी । 

    images
    images
    images

    वि.सं २०३३ साल साउन १६ गते बुवा झविन्द्रनाथ र आमा श्यामकला अधिकारीको कोखबाट पार्वती अधिकारीको जन्म भयो । सात सन्तानमध्ये उनी परिवारकी माईली छोरी हुन् । उनको परिवार गुल्मी जिल्लाको साविक अर्खले २ (हाल रेसुङ्गा नगरपालिका-६ बालकाटे) मा बस्दथ्यो । शिक्षित रहेको उनको परिवारको मुख्य पेशा कृषि थियो । उनका बुवाले केही समय शिक्षण पेशा गरेर कृषि पेशालाई अंँगालेका थिए । बुवा आमाको मेहनत र परिश्रमलाई राम्ररी बुझेकी पार्वती सानैदेखि अनुशासित र मेहनती थिइन् । उनी पढाईमा पनि सधै अग्रस्थानमा नै आउँथिन् । मध्यम वर्गको उनको परिवारमा दुःख गरेरै भएपनि पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता थियो ।

    images
    images
    images

    पार्वतीले कक्षा १ देखि ४ सम्म जनसहयोग प्राथमिक विद्यालय भुवनपानी गुल्मीमा अध्ययन गरिन् । ५ कक्षा पढ्का लागि उनी प्राथमिक विद्यालय नेटाखर्क अर्घाखाँची पुगिन् । गुल्मी र अर्घाखाँची जोडिएको जिल्ला र घरबाट विद्यालय नजिक पर्ने भएकाले आफु पढ्नका लागि अर्घाखाँची पुगेको उनले बताइन्  । विद्यालय पुग्न पार्वतीलाई पैदल आधा घण्टा लाग्ने गथ्र्यो । विद्यालय छुट्टी भएर घरमा पुग्ना साथ आमा बुवालाई काममा सघाउनुपर्ने भएका कारण उनले वाल्यअवस्थामा समेत खेल्ने अवसर पाउँदैनथिन् । घरमा खासै फुर्सद नहुने भएका कारण विद्यालय आउने जाने अधिकांश समय उनको पढ्ने समय हुन्थ्यो । पार्वती भन्छिन्, “बाल्यकाल यति ब्यस्त बित्यो कि त्यो अवस्था कसरी पार भयो पत्तै भएन ।“

    images
    images

    सानो उमेरबाटै शिक्षक बन्ने सपनालाई अंगालेकी उनी हरेक कक्षामा कुनै न कुनै स्थान प्राप्त गर्ने  र कक्षा ५ मा विद्यालय प्रथम भएपछि पढाईमा अझ हौसला मिलेको बताउँछिन । उनी भन्छिन् “परिवार ठुलो थियो, बाल्यकालमा सबै इच्छाहरु पुरा हुदैनथे ।” सानो छँदा फाटेका कपडाहरु टालेर लगाएको उनलाई आजै जस्तो लाग्छ । कृषि कर्मबाट परिवारका ९ जना सदस्यको छाक टार्न त्यति सजिलो थिएन, घरमा जति अन्नपात हुन्थ्यो, त्यतिले नै बर्ष भरि पु¥याउनु पर्दथ्यो । उनले कक्षा ५ मा पढ्दा उनका साथीहरुको विवाह भएको थियो । उनलाई पनि विवाह गर्ने तिम्रो पालो आयो भनेर छिमेकी र आफन्तहरुले जिस्काउने गर्थे । पढेर शिक्षक बन्ने सपना बोकेकी पार्वतीलाई घरपरिवारको राम्रो साथ भएका कारण त्यो समय विवाहको प्रस्ताव भने आएन । किनकी उनका बुवा आमा छोरीले पढेरै केही गरोस भन्ने चाहन्थे ।  

    कक्षा ५ उत्तिर्ण भएपछि पार्वतीले ६ देखि १० सम्म सरस्वती मावि सूर्यथुम अर्घाखाँचीमा अध्ययन गरिन् । त्यो बेला सम्म पनि उनको पढाई उत्कृष्ट थियो । उनि १० कक्षा पढ्ने समय सम्म पनि सधैं प्रथम, द्धितीय नै हुन्थिन् । अर्घाखाँचीको विद्यालय पुग्न उनलाई २ घण्टा भन्दा बढि समय लाग्दथ्यो । गुल्मी भित्रकै विद्यालयमा गएपनि घरबाट त्यहाँ पुग्न उत्तिनै समय लाग्थ्यो तर अर्घाखाँची तर्फ बाटो सजिलो भएका कारण पार्वती पढ्नका लागि अर्को जिल्ला जाने गर्दथिन । पार्वती भन्छिन् “बिद्यालय पुग्नको लागि समय बढि लाग्थ्यो, त्यसैले विहान हतार हतार घाँसदाउरा गरेर, दिउसो घरका लागि आवश्यक पानी गाग्रीमा भरेर बिद्यालय पुग्नुपथ्र्यो ।” बिद्यालयबाट फर्कदा उनको झोलामा किताव र टाउकोमा कहिले घाँस त कहिले खरको भारी हुने गर्दथ्यो । यसरी संघर्ष गरेरै पढेकि पार्वतीले  २०५२ सालमा एस.एल.सी परिक्षा उत्तिर्ण गरिन्, त्यो पनि प्रथम श्रेणीमा ।

    २०५५ सालमा रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीबाट आईकम उत्तिर्ण गरिन् । शिक्षक बन्ने अभिलाषा सहित अध्ययन गरिरहेकी उनलाई सोही बर्ष मुनलाईट बोर्डिङ्ग स्कूल गुल्मीमा अध्यापन गर्ने अवसर मिल्यो । करिव एक बर्ष त्यहाँ अध्यापन गरेकी उनी २३ बर्षकी हुँदा २०५६ सालमा विवाह बन्धनमा बाधिईन । इस्मा गाउँपालिका निवासी लिलाधर मरासिनीसंँग उनको विवाह भयो । विवाह बन्धनमा बाधिएपछि उनका श्रीमान् नवलपरासीको परासीमा कार्यरत भएकाले २०५६ सालमा पार्वतीसंगै उनको परिवार परासी आएर बसोबास गर्न थाल्यो ।

      "बिहान घरको काम, दिउँसो विद्यालयमा अध्यापन र साझँमा आफुले क्याम्पसमा क्लास लिने जाने र फेरी घरमा आउनाासाथ घरको काम गर्दै अध्ययन गर्न त्यति सजिलो थिएन । तर पनि उनले मैले जीवनमा सफल हुनु छ, आफ्ना सपनाहरु पूरा गर्नु छ भनेर दिनरात नभनी मेहेनत गरें ।" उनी भन्छिन्, "रातको समयमा पढदा पढ्दै कुर्सीमै निदाएर बिहान भएका थुप्रै रात छन् ।" 

    परासी बसाइँ सरेपछि उनले श्रीमान्को कानुनी सेवा केन्द्रमा काम गरेर श्रीमान्लाई सघाउने गर्दथिन । पार्वतीले २०५७ साल मंसिरमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिईन । संघर्ष गर्ने व्यक्तिलाई समय समयमा समस्याकाा चुनौतिहरु आइलाग्छन् । उनलाई पनि त्यस्तै भयो । २०५८ सालमा संकटकाल लागेपछि उनका श्रीमान् भुमिगत राजनीतिमा लागे । पार्वतीका श्रीमान् तत्कालिन माओवादी पार्टीमा लागेका कारण सेनाले खोज्न लागेपछि उनी  २ बर्ष भूमिगत भएर बसेका हुन् ।

    तत्कालिन अवस्थामा प्रविधिको पहुँच एकदमै न्यून भएकाले श्रीमानसंग कुराकानी समेत हुँदैनथ्यो । उनलाई जुन समयमा श्रीमान्को साथ र सहयोग आवश्यक थियो, त्यो समयमा साथ सहयोग त परै जाओस पेटभरि खान पनि नपुग्ने अवस्था बन्यो । घरमा आमाबुवा, नन्द, साथमा भर्खर जन्मिएको सानो छोरो । पार्वतीको परिवारले दुःख पाएको देखेर श्रीमान्का साथीहरुले आर्थिक सहयोग गरेपछि केहि सहज भएको पार्वती बताउँछिन् । उनले परिवार चलाउनकै लागि पनि केही गर्नुपर्छ भन्ने सोँच्न थालिन । घर धान्नका लागि समस्या परेपछि उनी सानो छोरालाई घरमै छाडेर सगरमाथा बोर्डिङ्ग स्कूल परासीमा पढाउन थालिन । पार्वतीले २०५८ सालदेखि २०६० सालसम्म सयपत्री बोर्डिङ्ग स्कूल परासीमा अध्यापन गरिन् ।

    यसरी घरको काम अध्यापन गर्दै आफ्नाो पढाईलाई समेत निरन्तरता दिएकी पार्वतीले २०६० सालमा पाल्ही बहुमुखी क्याम्पस परासीबाट स्नातक तह उत्तिर्ण गरिन् । समयसंगै परिस्थिती र अवसरले उनको परिवारलाई २०६० सालमा रुपन्देहीको देवदह मितेरी गाउँमा ल्याईपु¥यायो । अधिकारीको परिवार मितेरी गाउँमा रहेको जग्गामा सानो घर बनाएर बसोबास गर्न थाल्यो । सानै उमेरदेखि शिक्षक बन्ने सपना बोकेकी उनलाई जहाँ रहेपनि त्यो सपनाले छाडेन । उनले देवदहको शित्तलनगरमा रहेको सगरमाथा आवासिय माविमा २०६० साल वैशाख देखि २०७३ सालसम्म अध्यापन गरिन् । उनी स्कूलमा जाँदा साईकल पछाडि दुवै छोरा छोरीलाई राखेर लिएर जाने र आउने गर्दथिन ।

    “बिहान घरको काम, दिउसोमा विद्यालयमा अध्यापन र साझँमा आफुले क्याम्पसमा क्लास लिन जाने उनको दिनचर्या हुन थाल्यो । उनि भन्छिन् “घरको काम गर्दै अध्ययन गर्न त्यति सजिलो थिएन । तर पनि मैले जीवनमा सफल हुनु छ, आफ्ना सपनाहरु पूरा गर्नु छ भनेर दिनरात नभनी मेहेनत गरें ।” घरको काम र दिउसो बिद्यालयबाट थकित बनेर घरमा आउने पार्वती संग पढ्दा पढ्दै कुर्सीमै निदाएर बिहान भएका थुप्रै रातहरु छन् । दिनमा अध्यापन गराउन जाने भएकाले परिक्षाको बेलामा उनी रातको समयमा ननिदाईकन पढे्रर परिक्षा दिन जाने गर्थिन् ।

    पार्वतीले जिल्ला र उच्च अदालतमा फौजदारी तथा देवानीका थुप्रै मुद्दाहरुमा बहस पैरवी गरि सकेकिछन् । हिजो शिक्षण पेशा   मार्फत  विद्यार्थीको भविष्य उज्वल बनाउन लागेकी उनी, आज भने पिडामा परेका मानिसलाई न्याय दिने बाटोमा अग्रसर छन् । आर्थिक रुपमा अशक्त महिलाका आशुँ पुछ्ने साथी भएकी छन् । कानुनको माध्यमबाट समाज परिवर्तन सकिने बताउंदै उनी भन्छिन्, "अब विद्यालय स्तरबाटै कानुनी शिक्षा दिन आवश्यक छ ।” उनी महिला समूह र दिदी बहिनी क्लबका माध्यमबाट निःशुल्क रुपमा कानुनी साक्ष्रता अभियानमा सक्रिय छन् ।

    २०६३ सालमा बुटवल बहुमुखी क्याम्पसबाट एक वर्षे विएड र २०७० सालमा एमएड्  गरेकी उनले खाने मुखलाई जुँगाले छेक्दैन भने झैं उमेर ढल्कदै गएपनि पढाईलाई निरन्तरता दिदै गईन् । श्रीमान् कानुन व्यवसायी भएकोले एमएड सकाएर उनले कानुन विषय पढ्न थालिन् । समाजमा महिलाहरुको कमजोर अवस्था र कानुनी रुपमा पनि महिलाका अधिकारका कुरा उठान हुनुपर्छ भन्ने सोँचेकी उनले बिद्यालय पढाउन छाडेर  कानुन पढ्ने सोँच बनाएकी हुन् । उनको यो निर्णयलाई श्रीमानले समेत सपोर्ट गरेपछि  २०७४ सालमा पार्वतीले कानुनमा स्नातक पुरा गरिन् ।  

    पार्वतीले जिल्ला र उच्च अदालतमा फौजदारी तथा देवानीका थुप्रै मुद्दाहरुमा बहस पैरवी गरि सकेकिछन् । हिजो शिक्षण पेशा   मार्फत  विद्यार्थीको भविष्य उज्वल बनाउन लागेकी उनी, आज भने पिडामा परेका मानिसलाई न्याय दिने बाटोमा अग्रसर छन् । आर्थिक रुपमा अशक्त महिलाका आशुँ पुछ्ने साथी भएकी छन् । कानुनको माध्यमबाट समाज परिवर्तन सकिने बताउंदै उनी भन्छिन्, "अब विद्यालय स्तरबाटै कानुनी शिक्षा दिन आवश्यक छ ।” उनी महिला समूह र दिदी बहिनी क्लबका माध्यमबाट निःशुल्क रुपमा कानुनी साक्ष्रता अभियानमा सक्रिय छन् ।

    कानुनी रुपमा नवलपरासी संगै देवदहका महिलाहरुलाई पनि सेवा र सहयोग प्रदान गरि बिभिन्न मुद्धाहरु जिताउन सफल उनी स्थानिय निकायमा हुने न्यायिक समितिको कामकारवाही प्रति खासै खुसी छैनन् । वास्तवमा अहिले पनि अधिकांश स्थानिय निकायमा कानुनी सल्लाहकार पुरुष नै राख्ने प्रचलन रहेकाले महिलालाई विश्वास गर्न नसक्ने उक्त समिति महिला मैत्री हुनै नसक्ने तर्क गर्छिन् । न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्धाहरुको टुंगो नलाग्नु दुःखद भएको बताउने उनले स्थानिय निकायको हाताभित्र मिलापत्र भएपनि बाहिर निस्किएपछि कार्यन्वयनमा नआउनु अत्यन्तै दुःखद भएको बताउँछिन् । उनी भन्छिन, “ न्याय सम्पादनको हिसाबले स्थानिय निकायको कानुन नै फितलो छ ।“

    कानुनमा स्नातकोत्तर गर्न कस्सिएकी पार्वतीको कानुनी साक्षरता अभियान र ब्यवसायिक यात्रा सफल होस्, पीडकका पक्षमा होइन, उनले सधै पिडितको पक्षमा पैरवी गरून् । शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।