कृष्ण अन्जान, बुटवल । राेट्रयाक्ट क्लब अफ बुटवल चौतारीकाे पदस्थापन कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएकाे छ ।
पदस्थापन कार्यक्रममा सन 2021 /022 का अध्यक्ष राेट्र्याक्ट शुवास नेपाललाई निवर्तमान अध्यक्ष राेट्र्याक्ट लक्ष्मण श्रेष्ठले पद हस्तान्तरण गर्नु भएकाे हाे ।
क्लवका वर्तमान अध्यक्ष नेपाललाई सन 2021/022 का इलेक्टेड डि अार अार लक्ष्मण खरेलले पद तथा गाेपनियता काे सपथ गराउनु भएकाे थियाे ।
पदस्थापन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बाेल्दै निवर्तमान मन्त्री तथा लुम्बिनी प्रदेशका साँसद भाेज प्रसाद श्रेष्ठले राेट्रयाक्ट क्लव बुटवल चौतारीले समाज सेवाका क्षेत्रमा गरेका कामकाे प्रशंसा गर्नु भयाे ।
पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठले बिगत एक वर्षमा क्लवले गरेका कामकाे जानकारी गराउनु भएकाे थियाे ।
यसै गरि पदभार ग्रहण गर्दै बर्तमान अध्यक्ष शुवास नेपालले क्लवले अगाडी सारेका काम हरुलाई निरन्तरत रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
राेट्रयाक्ट क्लव का बर्तमान उपाध्यक्ष राेट्र्याक्ट राजन पौडेलले स्वागत गर्नु भएकाे थियाे भने क्लवका अर्का उपाध्यक्ष बिदुर ज्ञवाली ले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
पद हस्तान्तरण कार्यक्रमकाे सन्चालन सुमित पराजुली र ज्ञान प्रसाद श्रेष्ठले गर्नु भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology