Logo

२०८३, कार्तिक २८गते


images
images

आज यी जिल्लामा बाढीको जोखिम

आज यी जिल्लामा बाढीको जोखिम

images
  • सेतोमसी सहकर्मी
  • आज यी जिल्लामा बाढीको जोखिम
    images

    काठमाडौं । आगामी केही दिनमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ मनसुन सक्रिय हुनेछ । मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको हो । 

    images
    images
    images

    जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावले शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ 

    images
    images

    महाशाखाले लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा अति भीषण (धेरै भारी) वर्षा हुनसक्ने बताएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशीको पूर्वी क्षेत्र तथा गण्डकी र लुम्बिनीमा बाढीपहिरोसहितका विपतका घटनाका हिसाबले ‘रेडजोन’मा राखेको छ । महाशाखाले कोशीको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभा क्षेत्रमा बाढीपहिरोको जोखिम भनेको हो ।

    शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्न तथा सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीको जोखिम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।