Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्ने जिम्मेवारी लिङ्देनलाई

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्ने जिम्मेवारी लिङ्देनलाई

images
  • सेतोमसी सहकर्मी
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्ने जिम्मेवारी लिङ्देनलाई
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा । पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी पाएका छन् । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले लिङ्देनको संयोजकत्वमा १२ सदस्य संसदीय उपसमिति गठन गरेको हो ।

    images
    images
    images

    उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् । राज्यको ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको सङ्घीय संसद्को सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । उपसमितिलाई एक महिनाको समय दिइएको छ । यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराइलाई जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    यो उपसमितिमा आठ जना सदस्य छन् । समितिमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सदस्य छन् । समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको जानकारी दिए ।

    उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उनले उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।