Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दा दिएको छुटको पर्यटन व्यवसायीद्धारा स्वागत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दा दिएको छुटको पर्यटन व्यवसायीद्धारा स्वागत

images
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दा दिएको छुटको पर्यटन व्यवसायीद्धारा स्वागत
    images
    images

    राजेश पराजुली, पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने घोषणाको पोखराका व्यवसायीले स्वागत गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो ।

    images
    images
    images

    त्यसको पोखराका पर्यटन व्यवसायीले आइतबार पत्रकार सम्मेलन गरी स्वागत गर्दै छिटो भन्दा छिटो कार्यान्यन गर्न माग गरेका छन् । विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा छुट लगाएतका सहुलियतको कार्ययोजना सकारात्मक रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनाराण श्रेष्ठले बताए ।

    images
    images
    images

    पोखरा र भैरहवामा श्रम कार्यालयका डेस्कहरू स्थापना गर्ने, विमानस्थलले यात्रु सेवा शुल्कबापत प्रतियात्रु तीन हजार रुपैयाँ लिने, यात्रु टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने, ग्राउन्ड ह्यान्डलिङ सेवामा सहुलियत, इनधनमा सहुलियत लगाएतका रहेका छन् ।

    निर्णयले गर्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुनेमा श्रेष्ठको विस्वास छ । पोखराबाट उडान भर्ने हवाई कम्पनीहरुले पाउने सुविधाबाट यात्रुहरुहरुलाई सुलभ दरमा यात्रागर्ने मौका मिल्ने उनको भनाई छ ।

    करिब ६० अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएका दुईवटा विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । विमानस्थल निर्माण सकिएको दुई वर्ष बितिसक्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेपछि प्राधिकरण माथि प्रश्न उठ्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।