Logo

२०८३, आश्विन १०गते


images
images

सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

images
  • सेतोमसी सहकर्मी
  • सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप
    images
    images

    काठमाडौं । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

    images
    images
    images

    भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

    images
    images
    images

    बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा अलआण्ट भएर १६८ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १७७ रनको लक्ष्य पहिल्याउने क्रममा दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै क्वान्टिन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१, एइडेन मक्रम, रेजा हेन्ड्रिक र कासिगो रबाडाले ४-४ रन बनाए । केशव महाराजा २ रनमा आउट हुँदा एनरिच नोर्त्जे १ रनमा अविजीत रहे ।

    बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

    त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

    बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोत्र्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एकएक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नोत्र्जेले २६ रन दिए ।

    त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।