Logo

२०८३, आश्विन १०गते


images
images

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

images
  • सेतोमसी सहकर्मी
  • भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
    images
    images

    काठमाडौँ । भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी-२० विश्वकपको फाइनल नै उनको टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।

    images
    images
    images

    रोहित शर्माले पत्रकार सम्मेलनमा भने, 'यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।' रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।

    विराटले पनि लिए ट्वान्टी-२० बाट संन्यास

    भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।

    कोहलीले भने, 'यो मेरो आखिरी ट्वान्टी-२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम ट्वान्टी-२० खेल खेलेको हुँ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहित र विराट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।