Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो

पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
    images
    images

     

    images
    images
    images

    पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो । 

    images
    images
    images

    कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए । 

    images
    images
    images

    थपिएको निषेधाज्ञामा यस अघिका निर्णयहरुलाई नै यथावत राखिएको छ । यस अघिको व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय यथावत राखिएको छ । यस्तै बैठकले अन्य सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ । यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जात्रा, महोत्सव, सभा, सम्मेलन, गोष्ठी, विवाह, ब्रतबन्ध, तथा अन्य धार्मिक, सामाजिक कार्यमा भीडभाड गर्न रोक लगाइएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ । यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ । जारी निषेधाज्ञा आज मध्यरातिदेखि सकिदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।