Logo

२०८३, श्रावण २७गते


images
images

जनप्रतिनिधि नै परे कारवाहीमा

जनप्रतिनिधि नै परे कारवाहीमा

images
  • जनप्रतिनिधि नै परे कारवाहीमा
    images
    images

    पाल्पा । अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको भन्दै पाल्पाको बगनासकाली गाउँपालिका- ६ बाट निर्वाचित वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई कारबाही गरिएको छ।

    images
    images
    images

    स्थानीय दर्पुक मचेटा घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा गाउँपालिकाले वडाध्यक्ष अधिकारीलाई २ लाख १० हजार जरिवाना तिराउने निर्णय गरेको हो।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष सरस्वती चिदीका अनुसार मनोमानी रुपमा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरूले गरेको गुनासोका आधारमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष चिदीको नेतृत्वमा स्थलगत अनुगमन गर्दा वडाध्यक्ष अधिकारीले अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको पाइएकोले प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम २ लाख १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको हो। गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चिदीको जानकारी दिए।

    images
    images
    images

    अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समिति पाल्पामा प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्रद्वारा निर्देशन गरेको थियो। समिति सोही अनुसार अनुगमनका क्रममा प्राविधिकले संकलन गरेको स्थलगत प्रतिवेदन र स्थानीय स्तरमा भेटिएका प्रमाणका आधारमा वडाध्यक्षलाई जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताए।

    गत साउन ५ गते बसेको कार्यपालिका बैठक ले जरिवाना गर्ने निर्णय अनुसार जरिवाना बुझाउन वडाध्यक्ष अधिकारीलाई पत्राचार गरेको गाउँपालिकाले जानकारी गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।