Logo

२०८३, श्रावण २७गते


images
images

सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न 

सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न 

images
  • सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न 
    images
    images

    पाल्पा । शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको १७ औँ   वार्षिक सममराेह, ९४  औँ कुलमणि देवकोटा जयन्ती तथा कमलराज रेग्मी वर्ष पुरस्कार तथा सम्मान कार्यक्रम आज तानसेनमा सम्पन्न भएको छ । 

    images
    images
    images

    कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन आमन्त्रित थिए । विशिष्ट अतिथिका रूपमा प्रा . डा. प्रकाशराज रेग्मी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ, मिसन अस्पतालकी निर्देशक रचेल कारकलाई आमन्त्रित गरिएको थियोे । विभिन्न विधामा सम्मानित स्रष्टाहरू, साहित्यकारहरू, संघसंस्थाका प्रमुखहरू तथा विद्वान् विदुषीहरूकाे उपस्थिति थियो । 

    images
    images
    images

    प्रतिष्ठानका उपाध्यक्ष  राेहितप्रसाद ज्ञवालीेले सम्पूर्ण आमन्त्रित व्यक्तिहरूलाई स्वागत गरे । प्यारागन स्कुलका विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गरे । पुरस्कृत तथा सम्मानित व्यक्तिहरूकाे परिचय गराउने काम  प्रतिष्ठानका सदस्य भाेजराज भट्टराईले  गरे । टंकप्रसाद पन्थद्वारा कमलराज रेग्मीकाे राजनीतिक, सामाजिक तथा साहित्यिक याेगदानमाथि प्रकाश पार्नुका साथै कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मानित शैक्षिक तथा सामाजिक व्यक्तित्व बुद्धिप्रसाद शर्माको परिचयसमेत प्रस्तुत गर्ने काम भयो ।

    images
    images
    images

    कार्यक्रममा एक दर्जन जति प्रतिभाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरियो । कुलमणि देवकोटा सम्मानद्वारा सावित्री मल्ल कक्षपती, जगतबहादुर जाेशी स्मृति पुरस्कारद्वारा शान्ता शाक्य, त्रिनक्षत्र पुरस्कारद्वारा गंगा लिगल, विमला रेग्मी स्वास्थ्य पुरस्कारद्वारा सावित्री शाही खनाल, राधा-बद्री स्वयंसेवा सम्मानद्वारा केशव पाैड्याल, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानद्वारा केदारलाल श्रेष्ठ, दिनानाना स्मृति सम्मानद्वारा शारदालक्ष्मी कार्की, बालहरि स्मृति सम्मानद्वारा दीपक बी सी, तिलठगी प्रतिभा पुरस्कारद्वारा  न्यु हाेराइजन स्कुलकी छात्रा रिया बस्याल सम्मानित भइन्  । यसैगरी ९-१२ मा अध्ययनरत जेहेन्दार विद्यार्थीहरू तथा मावि र क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने काम भयो । 

     कार्यक्रममा सम्मानित तथा सम्पूर्ण महिलाको तर्फबाट साहित्यकार शान्ता शाक्यले शुभकामना मन्तव्य व्यक्त गरिन् । आफ्नो जन्मभूमिमा सम्मानित हुन पाउँदा गाैरवकाे अनुभूति भएको विचार उनले व्यक्त गरिन् । पत्रकार महासंघ पाल्पाका पूर्व सभापति गाेविन्द भट्टराईले सबै विधामा सम्मानित हुनेहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । मन भए सम्मान गर्नका लागि  ठूलो धन राशि चाँहिदैन भन्ने कुरा यो प्रतिष्ठानले उदाहरण प्रस्तुत गरेको विचार व्यक्त गरे । कमलराज रेग्मीको सन्दर्भमा प्रकाश पार्ने काम गरे । कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मानित व्यक्तित्व बुद्धिप्रसाद शर्माले १७ वर्षसम्म यश संस्थाले पुर्‍याएकाे याेगदानप्रति धन्यवाद व्यक्त गरे । मलाई प्राप्त भएको सम्मानकाे ऋण कसरी तिर्ने भन्ने चिन्ता लागेको विचारसमेत उनले व्यक्त गरे  । कमलराज रेग्मीको विविध व्यक्तित्वकाे सन्दर्भ उठाउनुका साथै डा. प्रकाशराज रेग्मीको याेगदान र सुकर्मप्रति पनि कृतज्ञता व्यक्त गरे ।

    शुभकामना दिनेहरूमा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले गरिमामय कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरिन् । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले समाजको विविध क्षेत्रमा याेगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेकोमा प्रतिष्ठानलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नो क्षेत्रबाट सक्दो  सहयोग गर्ने प्रतिबद्धतासमेत  व्यक्त गरे । 

    जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले सम्मानित हुने व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । भाेलि समाजमा जीवित रहने सुकर्म गर्ने स्रष्टा तथा समाजसेवी राष्ट्रकै गहना रहेको विचार पनि व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाशराज रेग्मीले कार्यक्रमकाे शाेभा प्रदान गर्न आमन्त्रित लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनप्रति धन्यवाद व्यक्त गरे । 

    विभिन्न व्यक्तिहरूले अक्षयकोष स्थापना गरी उदारता देखाउनुभएकोमा आभार तथा  धन्यवाद व्यक्त गरे । कुलमणि र कमलराजकाे मित्रता र जगतबहादुर जाेशीकाे सन्दर्भलाई पनि उठाए उनले । विद्यार्थीका लागि  स्थापना गरिएको छात्रवृत्तिले जीवनमा सकारात्मक प्रभाव पार्ने छ भन्ने विश्वास रहेको विचार व्यक्त गरी मिसन अस्पतालमा पनि केही देखिने काम गर्ने विचार रहेको कुरा जाेडे । नसर्ने राेगकाे राेकथामका लागि केही गर्ने इच्छा रहेको, साहित्यका क्षेत्रमा पनि केही गर्ने याेजना रहेकाे विचार व्यक्त गरे । पञ्चायतभित्र कम्युनिज्मकाे कार्यक्रमका रूपमा पिता कमलराजले गाउँ फर्क राष्ट्रिय अभियानकाे कार्यक्रम  ल्याएको सन्दर्भसमेत उल्लेख गरे । क्रियाशीलमध्येमा पनि सधै क्रियाशील व्यक्तित्व बुद्धि सर पुरस्कृत हुनु उपयुुक्त पात्रको छनाेट भएको विचार व्यक्त गरे । पाल्पामा अझै केही गराैँ भन्ने चाहना रहेको कुरासमेत उनलेे उल्लेख गरे । वाङ्मय प्रतिष्ठान पाल्पालाई जागृत गराउन मैले के गर्नुपर्छ साे गर्नसमेत  तयार रहेको विचार व्यक्त गरे ।
         
    कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई महत्त्व दिई आमन्त्रण गरेकोमा संस्थाप्रति धन्यवाद व्यक्त गरे । संस्थाले गरेका गतिविधि देख्दा आफू अत्यन्तै  प्रभावित रहेको विचार व्यक्त गरे । कमलराज रेग्मीलाई व्यक्तिगत हिसाबले दाजुका स्थानमा राखेकाे राजनीतिक हिसाबले गुरु मानेको विचार व्यक्त गरे । यस क्षेत्रमा किसान आन्दोलन उठाउन कमलराज रेग्मी र पश्चिममा माेहनविक्रम सिंहकाे महत्त्वपूर्ण हात रहेको उनले बताए । पाल्पासँग एकदेव आलेकाे पनि गहिरो सम्बन्ध रहेको कुरा व्यक्त गरे । निर्मल लामासँग कमलराजकाे घनिष्टता रहेको, पञ्चायत व्यवस्थालाई कसरी प्रगतिशील बनाउन सकिन्छ भन्ने चिन्तन राखी गाउँ फर्ककाे अवधारणा ल्याएको,  अरूले जस्तो कमलराजले भित्र आत्ममा पञ्चायत व्यवस्थालाई स्वीकारेकाे कहिल्यै देखिएन भन्ने कुरा व्यक्त गरे ।  कमलराज रेग्मीसँगका अविस्मरणीय सन्दर्भहरू आफूसँग ताजै रहेकाे अनुभूति उनले व्यक्त गरे । अरू पञ्चायतमा पस्नु र कमलराज रेग्मी पञ्चायतमा  प्रवेश गर्नुमा फरक उद्देश्य रहेको विचारसमेत व्यक्त गरे । कमल र कुलमणिकाे कार्यक्रमकाे संयाेजन गरिनु सुखद पक्ष रहेको उल्लेख गरे । राष्ट्रिय राजनीतिकाे सन्दर्भलाई पनि उनले केही रूपमा  झल्काए । देशकाे कहालीलाग्दो अवस्थाकाे पनि सङ्केत गरे उनले । कार्यक्रमका सभापति प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले बुद्धि सरलगायत सम्मानित सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गरे । संस्थामा जजसका नाममा पुरस्कार स्थापना भएक सबैप्रति स्मरण गरी आभार व्यक्त गर्नुका साथै प्रमुख अतिथिलगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्याैपानेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।