देवदह । रुपन्देहीको देवदहस्थित न्यु लुम्बिनी बोर्डिंङ स्कुलका ५६ जना विद्यार्थीहरुलाई नेपाल स्काउटले दिक्षित गरेको छ । यो सङ्गै देवदह नगरपालिकामा संस्थागत विद्यालयतर्फ दीक्षित हुने पहिलो विद्यालय बनेको छ।
स्काउटको आधारभूत तालिम लिएका विद्यार्थीलाई नेपाल स्काउट देवदह नगरपालिकाले दिक्षित गरेको हो । उनिहरुले नेपाल स्काउटको लोगो अंकित स्कार्फ, ब्याच लगायतका सामाग्री प्राप्त गरको छन ।
स्काउट देवदह नगरपालिका आयुक्त, विद्यालयका स्काउट मास्टर्स, विद्यालयका प्रिन्सीपल, विद्यालयका संचालक, अभिभावकको उपस्थितीमा सोमबार एक समारोहवीच उनीहरूलाइ दिक्षित गरिएको हो । दिक्षित हुनेहरुमा २८ जना छात्र र २८ जना छात्रा गरि ५६ जना विद्यार्थी छन् ।
कार्यक्रममा स्काउट देवदहका आयुक्त विकास गहतराज, विद्यालयका प्राचार्य बिनोद थापा मगर लगायतको उपस्थिति रहेको थियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology