Logo

२०८३, श्रावण ३०गते


images
images

प्राकृतिक प्रकोपको क्षति संसदलाई जानकारी गराउन माग

प्राकृतिक प्रकोपको क्षति संसदलाई जानकारी गराउन माग

images
  • सेतोमसी सहकर्मी
  • प्राकृतिक प्रकोपको क्षति संसदलाई जानकारी गराउन माग
    images
    images

    काठमाडाैं । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरेका छन्।

    images
    images
    images

    प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।

    images
    images
    images

    बैठकमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन माग गरे। सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उहाले जति दिन सरकार रहेपनि सदनप्रति उत्तरदायी हुनुपर्ने जिकिर गरे।

    images
    images
    images

    त्यस्तै सांसद एनपी साउदले समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे। उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे।

    तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उनले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताए। सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए।

    उनले कांग्रेस र एमालेबीच समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे।

    सांसद पूर्णबहादुर घर्तीमगरले पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गरे। साथै घाइतेहरुको उपचारको माग गर्दै उहाँहरुको शीघ्रस्वास्थय लाभको कामना गरे।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।