Logo

२०८३, आश्विन ९गते


images
images

दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने

दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने

images
  • सेतोमसी सहकर्मी
  • दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने
    images
    images

    काठमाडौं । आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ। अवैध मोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रयोगलाई व्यवस्थित गर्न मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र मोबाइल आयातकर्ता सङ्घका प्रतिनिधिसमेत रहेको उक्त बैठकले दुई महिनाभित्र मोबाइल दर्ता गराउन प्रयोगकर्तालाई एसएमएस पठाउने निर्णय पनि गरेको छ । 


    तोकिएको समयसीमाभित्र मोबाइल दर्ता नभए त्यस्तो मोबाइलमा सिमकार्ड प्रयोग गर्न नमिल्ने बनाइने भएको छ। बैठकले आयातित मोबाइलको तथ्याङ्क राख्नका लागि भदौ १५ गतेभित्र एमडीएमएसको सर्भर राख्ने निर्णय पनि गरेको छ ।

     


    त्यस्तै मोबाइल सेवाको आयात अनुमतिका लागि प्राधिकरणलाई एक महिनाभित्र भन्सार विभागको नेपाल नेसनल सिङ्गल विन्डोमा आबद्ध गराउने निर्णय पनि बैठकले गरेको छ । 

     

    अवैध रूपमा भित्रिने मोबाइलका कारण राजस्व चुहावट भएको र सुरक्षा चुनौती बढेको भन्दै प्राधिकरणअन्तर्गत एमडीएमएस सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। गोरखापत्रमा खबर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोरखापत्र दैनिक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।