Logo

२०८३, कार्तिक २८गते


images
images

भैरहवामा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना

भैरहवामा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना

images
  • भैरहवामा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना
    images

    भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ ।  मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । 

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबी भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका छन् । उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिए । 

    images
    images
    images

    साेही कार्यक्रममा बाेल्दै माओवादी केन्द्रिय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेकाे जानकारी दिए । उनले पार्टीबाट अलग भएकाहरूसंग समदुरीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।
     
    माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी निर्माण  आधारहरू पहिचान गरेर अघि बढ्नु पर्नेमा जाेड दिए । 

    images
    images

    माओवादी केन्द्र रूपन्देही संयाेजनक निर्मल जिसिले सम्पूर्ण सरकारी कार्यालय भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नु परेकाे जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीकाे काम गर्न थप सहज हुने उनकाे विश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।