देवदह । देवदह नगरपालिका वडा नं ७ को स्मृति सामुदायिक वनमा अवस्थित स्मृति पार्कमा वृक्षरोपण गरिएको छ । बिहिबार ड्रिम देवदह र स्मृति सामुदायिक वन काे संयुक्त आयाेजनामा पार्क ६०० बिरूवा रोपिएको हो ।
स्थानीयको उत्साहपूर्ण उपस्थितिमा वृक्षरोपण गरिएको ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । "पार्कलाई सुन्दर बनाउन उपभोक्ता र अभियन्ताहरूकाे साझा प्रयास जरूरी छ ।" उनले भने, "करिब १५० जनाकाे उपस्थितिमा २ घण्टा श्रम कार्य गरि वृक्षरोपण गरिएको छ ।"
ड्रिम देवदह कै अगुवाईमा प्रस्तरकला कार्यशाला गरि केही वर्ष अघि मात्र निर्माण भएको पार्कलाई थप हरियाली र सुन्दर बनाउने उद्धेश्य सहित वृक्षरोपण उनको भनाई छ ।
कपुर र अन्य फूलका विरुवा रोपिएको वृक्षारोपण कार्यक्रममा सामुदायिक वनका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology