Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

नेपाली जुटमा लगाएको अतिरिक्त शुल्कबारे भारतसँग छलफल

नेपाली जुटमा लगाएको अतिरिक्त शुल्कबारे भारतसँग छलफल

images
  • नेपाली जुटमा लगाएको अतिरिक्त शुल्कबारे भारतसँग छलफल
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच नेपाली जुटजन्य उत्पादनमा लगाइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल भएको छ ।

    images
    images
    images

    भारतको विशाखापट्टनममा आयोजित ३१औँ साझेदारी शिखर सम्मेलनका क्रममा भएको भेटवार्तामा नेपाली जुटमा लगाइएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन, व्यापार सहजीकरण र औद्योगिक सहकार्यका विषयमा छलफल भएको हो ।

    images
    images
    images

    भेटमा नेपाली उत्पादनको गुणस्तर परीक्षणका लागि नेपालमै भारतीय मानकअनुसारको प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा भारतीय मन्त्री गोयलले सकारात्मक चासो देखाएका छन् । उनले यसका लागि सम्बन्धित सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएका छन् ।

    images
    images

    त्यस्तै, नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, चिया तथा अन्य उत्पादनको भारतीय बजारमा सहज पहुँच, व्यापार सन्धि पुनरावलोकन, धाम्रा र मुन्द्रा बन्दरगाहको पारवहन सुविधा विस्तार तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्धा मार्गमा मालवाहक सवारीसाधनले भोग्दै आएका समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।