Logo

२०८३, आश्विन १०गते


images
images

महिला एसिया कप : पहिलो दिन आज नेपाल र यूएई, भारत र पाकिस्तान भिड्दै

महिला एसिया कप : पहिलो दिन आज नेपाल र यूएई, भारत र पाकिस्तान भिड्दै

images
  • महिला एसिया कप : पहिलो दिन आज नेपाल र यूएई, भारत र पाकिस्तान भिड्दै
    images
    images

    काठमाडौ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन्।

    images
    images
    images

    श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ

    images
    images
    images

    आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ।

    images
    images
    images

    साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

    प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

    समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

    नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

    नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग
    नेपालले प्रतियोगितामा पहिलो उद्घाटन खेल यूएईसँग खेल्न लागेको हो। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ

    तेस्रो पटक एसिया कप खेल्दै नेपाल

    एसिया कप अगाडि श्रीलंकामा भएको अभ्यास खेलमा नेपालले दुई खेलमा पराजय भोगेको छ। पहिलो खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार विकेटले स्तब्ध भएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले विजयी भयो।

    नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला एसिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।