Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल

माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल

images
  • सेतोमसी सहकर्मी
  • माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् । बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ ।’ उनले राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या समेत गरे । भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे । यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ ।

    images
    images
    images

    यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’

    images
    images
    images

    उनका अनुसार माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको हो । मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको उनले बताए ।

    ‘हामीले स्ट्रक्चर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन,’ भुसालले भने, ‘यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।