Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

images
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

    images
    images
    images

    एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा  सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । 

    images
    images
    images

    प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्‍याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । 

    images
    images
    images

    एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।  प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

    नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।