देवदह । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्री महराले आज (आइतबार) विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
संसदमा बोल्दै मुख्यमन्त्री महराले आफुमा सत्तालिप्सा नभएको र सत्तामा बस्न नचाहेको बताएका थिए ।
महराको राजिनामासंगै लुम्बिनीमा नयाँ मुख्यमन्त्री चयनको बाटो खुलेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology