Logo

२०८३, कार्तिक २८गते


images
images

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा समाजवादी मोर्चा गठन

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा समाजवादी मोर्चा गठन

images
  • रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा समाजवादी मोर्चा गठन
    images

    विनोद खनाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रसहितका वाम दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तरगत आईतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगरस्तरीय समिति गठन भएको छ ।

    images
    images
    images

    तिलोत्तमा नगरपालिकामा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र सिद्धार्थनगरमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नगर सेक्रेटेरी योगेन्द्र सीको अध्यक्षता समाजवादी मोर्चा गठन भएको हो ।

    images
    images
    images

    तिलोत्तमामा शर्माको नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिला सहित ४/४ जना रहेको १२ सदस्यीय नगर समिति गठन भएको छ । जसमा माओवादी केन्द्रका प्रेम घर्ती मगर, केशर बहादुर थापा, दीलमाया गुरुङ, एकीकृत समाजवादीका रामचन्द्र भट्टराई, विजय दहाल, यज्ञश्वर क्षेत्री, लक्ष्मी शर्मा र नेकपाका राजु सी, खेम सी, माया सी र श्रीधर सी रहेको जनाइएको छ । 
     
    यस्तै सिद्धार्थनगरमा योगेन्द्र सीको नेतृत्वमा १/१ जना महिला सदस्य अनिवार्य सहित ९ सदस्यीय नगर समिति गठन भएको छ । जसको सदस्यहरूमा मेराज खान,  कमला थापा, ध्रुब लामगादे, तारापती भन्डारी, राम बहादुर बस्नेत, नारायण सी र सारदा सापकोटा रहेका छन् । 

    images
    images

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, जिल्ला संयोजक निर्मल जीसी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, कार्यबाहक जिल्ला अध्यक्ष श्रीराम यादव, जिल्ला उप सचीव टंक पोख्रेल, नेकपाका पोलिटब्यूरो सदस्य बिनोद सी, केन्द्रीय सदस्य शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी लगायतको उपस्थिति रहेको थियोे ।

    पछिल्लो समय जनता समाजवादी पार्टी मोर्चामा नरहेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सहितको समाजवादी मोर्चा बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा गठन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।