बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता आचार्यलाई नेपालको संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको जनाएका छन् ।
आइतबार मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएपछि प्रदेश प्रमुख शेरचनले आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि अन्तिममा आएर एमाले केन्द्रको निर्देशनमा आचार्य बनाउने निर्णय गरेको थियो ।
जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित भएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology