सन्तोष सुनार, प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा डेंगु, स्कृवटाईफस लगायत किटजन्स रोगहरु रोकथाम तथा नियन्त्रणकालागी बहुनिकाय अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार भएको अन्तरक्रियामा वर्षातको समय डेंगु संक्रमणको हिसावले बढि जोखिमयुक्त हुने भएकाले साउन, भदौ र असोज महिनालाई मध्यनजर गरी सबैलाई सजग रहन आग्रह गर्ने निणर्य गरिएको छ ।
कार्यक्रममा भिगृ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद पौडेलले डेंगु र स्क्रवटाईफस लगायतका किटजन्य रोगहरु रोकथाम तथा नियन्त्रण सम्बन्धि सहजिकरण गरेका थिए। सो क्रममा डेंगुबाट बाँच्ा घर वरिपरी टायर नराख्ने, वरिपरी सफा राख्ने, ड्रम, बाल्टि र ट्याङ्किमा पानी भरेर नराख्ने जस्ता विषयमा जानकारी गराइएको थियो। फोहर पानीमा मच्छरले डेंगु लार्भा पार्न नपाउने भएकाले डेंगुबाट बच्न र रोगथाम गर्न सकिने कार्यक्रममा बताईयो ।
त्प्रस्तै स्कवटाईफसबाट जोगिन पनि साबधानी अपनाउनु पर्ने सो अवसरमा बताईएको थियो । स्कूवटाईफस रोग मुसाबाट किर्नाले मानिसमा सार्ने गरेको पाईएको यसतर्फ समेत सचेत रहन कार्यक्रम मार्फत आग्रह गरिएको छ । जङ्गल जाने क्रममा वा अन्य कामको क्रममा किर्नाहरुले टोकेको अवस्थामा यो रोग हुने गरेको पाईएको डाक्टर पौडेलले जानकारी गराए। यस्तो समस्यामा किर्नाले टोकेपछि कालो तथा रातो दाग देखिने गर्दछ ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले स्वाच्छ वातावरण तथा विभिन्न रोगहरुबाट बच्न तिन स को अभियान चलाउने समेत बताएका थिए । पहिलो सफा चर्पी, दोस्रो सफा भान्छा र तेस्रो सफा घर आँगन भन्ने अभियानलाई सफल बनाउन सके फोहरका कारण हुने अधिकांश रोगबाट छुटकरा पाउन सकिने बताए। तिन स को अभियान नेपालमा पहिलो पटक स्वर्गद्वारी नगरपालिकाले गरेको सो अवसरमा बताइयो ।
सोही अवसरमा बोल्दै नगर उप्रमुख मिनराज रानाले डेंगु रोग कोभिड भन्दा जटिल रहेकाले यसलाई सामान्य रुपमा नलिन आग्रह गरे। डेंगुका कारण सिंगो समुदायमा प्रभाव पर्ने भएकाले सजगताका बाबजुत डेंगु भएमा नआत्तिन, नडराउन र चिकित्सकको सल्लाह बिना जथाभावी औषधी नखान सुझाब दिए । हाल प्यूठानमा डेंगु रोगबाट ३ जना सक्रमित फेला परेका छन् । डेंगू, स्कवटाईफस किटजन्स रोग रोकथाम तथा नियन्त्रणका लागि नगरले अभियान संचालन गरेको छ। अभियान यहि साउन १५ गते सम्म चल्ने र सो क्रममा नगरका सबै वडाहरुमा कार्यक्रम गरिने जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology