बुटवल । आदिबासी जनमत संघको प्रशिक्षण कार्यक्रम तिलोत्तमा –१० मैनहवामा सम्पन्न भएको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष निलु चौधरीको अध्यक्षता तथा रुपन्देहीका पार्टी नेता शिवचरण केवटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तिलोत्तमा न.पा. इन्चार्ज दामोदर कठारिया थारु, वडा नं १ का पार्टी वडाध्यक्ष राजु गुप्ता लगायतले बोल्दै आदिबासी, थारु, मधेसी, दलित, मुस्लिम, पछि परेका समुदायको उत्थान गर्नुपर्ने र भ्रष्टचार न्यूनिकरण गर्न जनमत पार्टी बाहेक अरु पार्टी हुनै नसक्ने दाबी समेत गरेका छन् ।
ओमसतिया २ पार्टीका वडाध्यक्ष कदरमन चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन आदिबासी जनमत संघ क्षेत्र नं–१ इन्चार्ज सबिता चौधरीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology