बुटवल । दाङ-रुपन्देही सम्पर्क समाज बुटवलले पहिलो रक्तदान कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
५८ औं रक्तसञ्चार दिवसको अवसरमा समाजले पहिलो रक्तदान कार्यक्रम गरेको हो ।
बुटवलमा पछिल्लो समय नियमित डायलासिस, प्रसुति, दुर्घटना र रक्तअल्पताका बिरामीहरु बढेसँगै रगतको उच्च माग बढेको छ ।
सोही समस्यालाई मध्यनजर गर्दै दाङ रुपन्देही-सम्पर्क समाजले रक्तसंचार दिवसको अवसर पारी समाजको पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका कानुनी सल्लाहकार विमल गिरीले बताए ।
रक्तदान कार्यक्रममा ६० युनिट रगत सङ्कलन भएको समाजकी सचिव रमा सुवेदीले जनाएकी छन् ।
बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा दाङबाट रुपन्देही आएर बसेका दाङबासीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology