देवदह । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या भएको छ । पाल्हिनन्दन गाउँपालिका वडा नं ५ का रोशन कुमार बढई भनिने २० वर्षीय सुर्य कुमार बढईको गतराती सुतिरहेको अवस्थामा घाँटी काटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
घटनाबारे अनुसन्धान गर्न सोमबार बिहान ५:०० बजेदेखि नै प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ । रोशनका १६ वर्षीय भाइ सन्दिप बढई समेत कोठामासंगै खाटमा सूतेको तर घटनाको बारेमा थाहा नपाएको बताएपछि थप अनुसन्धनमा प्रहरी अघि बढेको प्रहारी जनाएको छ ।
मृतकको शव पृथ्वी चन्द्र अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology