Logo

२०८३, आश्विन १२गते


images
images

पोखराको एलपी देवकोटा स्कुल बस दुर्घटना छानविन गर्न समिति गठन

पोखराको एलपी देवकोटा स्कुल बस दुर्घटना छानविन गर्न समिति गठन

images
  • पोखराको एलपी देवकोटा स्कुल बस दुर्घटना छानविन गर्न समिति गठन
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

    images
    images
    images

    नगर प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको हो ।

    images
    images
    images

    समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् भने, समितिको सदस्य सचिवमा शिक्षा अधिकृत राम प्रसाद तिवारीलाई तोकिएको छ ।

    images
    images
    images

    समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्या लगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

    बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उहाँका छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको छ ।

    दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । र, उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिइएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।