Logo

२०८३, आश्विन १७गते


images
images

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा राख्दिन : प्रधानमन्त्री ओली

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा राख्दिन : प्रधानमन्त्री ओली

images
  • स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा राख्दिन : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्। बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी गराएका हुन्।

    images
    images
    images

    फेसबुक पोस्टमा उनले भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।’

    images
    images
    images

    एमालेको सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीले डुबानमा परेकाले बैठक अन्यत्र बस्न लागेकोसमेत जानकारी गराएका छन्।

    images
    images
    images

    ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले थप भनेका छन्।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक हनुमानथानस्थित बसेरा होटलमा बिहान ११ बजे सुरु हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।