प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको सम्पुर्ण वडामा डेंगु, स्कबटाइफस रोगहरुको रोकथाम तथा नियन्त्रण अभियान सम्पन्न भएको छ ।
साउन ७ गते पालिकाको स्वास्थ्य शाखाको आयोजनामा डेंगु, स्कबटाइफस किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागी अभिमुखीकरण कार्याक्रम राखी सम्पूर्ण वडामा अभियान सुरु गर्ने निर्णय अनुसार साउन १६ बुधवार सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले सेतोमसीलाई जानकारी दिए ।
नगरपालिकाकाको प्रत्येक वडाहरुमा डेंगु, स्कबटाइफस किटजन्य रोकथाम तथा नियन्त्रण सम्बन्धि स्थानीयहरुलाई प्रशिक्षण दिई बच्न तथा रोगथाम गर्न आग्रह गरिएको शाखा प्रमुख दल बहादुर केसीले बताए । डेंगु विशेष गरेर टायरमा रहेको पानी, खुल्ला गरि राखेको भाडाकुडा, जमेको पानी र फोहोर भएको ठाउँमा हुने भएकाले यसबाट सचेत रहन र सरसफाई गरेमा बच्न सकिने स्वर्गद्वारी स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै स्कबटाइफस किटजन्य रोग मानिसहरु बनजङ्गलमा घास काट्ने तथा अन्य काममा गएको समयमा मुसाबाट किर्नाले सार्ने भएकाले बच्न आग्रह समेत गरेका छन। किर्नाले टोकेपछि टोकेको ठाउँमा कालो तथा रातो दाग देखिने गर्दछ ।
त्यस्तै कार्यक्रममा विभिन्न सरुवा रोगहरुबाट बच्न तिन स अभियानको समेत थालनी गरिएको छ । सफा चर्पि,सफा भान्सा र सफा घर आँगन र हराभरा करेशाबारी भएमा धेरै रोगहरुबाट बच्न सकिने शाखा प्रमुख केसीले बताए ।
त्यसकारण तिन स लाई व्यावहारीकमा ल्याउनु पर्ने शाखा प्रमुख केसीले जिकिर गरेका छन । यो अभियान नगरपालिकामा रहेका ६३ वटा स्वास्थ्य आमा समुह र एक सय अठार टोल विकास समितिलाई यहि साउन २३ गते भित्र गरिसक्ने स्वर्गद्वारी नगरपालिकाकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology