Logo

२०८३, आश्विन १०गते


images
images

शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ

शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ

images
  • शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए ।

    images
    images
    images

    पौडेलले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा विनियोजन हुनुपर्नेमा जोड दिए । मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिएर त्यसको कार्यान्वयनमासमेत ध्यान दिनुपर्ने  बताए ।

    images
    images
    images

    उनले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न पनि सुझाएका छन् ।

    पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीबारे बुझेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । ‘‘इन्साइडर ट्रेडिङ’ नगर्ने वातावरण बनाउन निर्देशन दिइसकेको छु । शेयर बजारलाई परिपक्क ढंगले अगाडि बढाउन आग्रह गर्दछु’, उनले सांसदहरूलाई आश्वस्त बनाउँदै भने ।

    बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले शेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले कमजोर कम्पनीको शेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे ।

    राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।