Logo

२०८३, आश्विन १७गते


images
images

प्युठानका सबै पालिकामा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न

प्युठानका सबै पालिकामा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न

images
  • प्युठानका सबै पालिकामा अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न
    images
    images

    सन्तोष सुनार, प्यूठान । अखिल क्रान्तिकारी प्यूठानले नौ वटै पालिकाको सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्यूठानले “असल शिक्षाका लागी अभियान ” मुल नाराको साथ जिल्लामा रहेका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकाको पालिका सम्मेलन साउन १७ गतेसम्म सबैमा सम्पन्न गरिसकेको अध्यक्ष प्रेम बहादुर विश्वक्रमाले सेतोमसीलाई जानकारी दिए ।

    images
    images
    images

    अखिल क्रान्तिकारी प्यूठानले विद्यार्थीको शिक्षा क्षेत्रमा हक र हितको लागी निरन्तरमा लागी परेको तथा आवज उठाएको र विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालयमा तथा क्याम्पसमा निशुल्क रुपमा जोडेको समेत अध्यक्ष विश्वकर्माले बताए । आर्थिक रुपमा पनि प्यूठान जिल्लामा रहेका विकृति तथा विसङ्गतिलाई परिवर्त गर्न, कालो बजारीलाई न्युनिकरण गर्न निरन्तर आवाज उठाएको र केही कार्यको निश्कर्ष समेत निकालेको क्रान्तिकारीले जनाएको छ ।

    images
    images
    images

    अखिल क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल विजुवारको परिसर सरसफाई , अस्पतालमा रगत आवश्यक रगतका सहजका लागी रक्तदान कार्यक्रमहरु, आवज विहिनहरुको आवज बनेर कार्यहरु गर्दै आएको छ ।

    images
    images
    images

    पालिका सम्मेलनबाट नव निर्वाचित पदाधिकारीहरु मल्लरानी गाउँपालिका वर्षा केसीका अध्यक्षतामा ४३ सदस्य चयन , सरुमारानी गाउपालिका हरि भर्तिको अध्यक्षतामा ४९ सदस्यीयहरु, स्वर्गद्वारी नगरपालिकामा सिम्र शर्माको अध्यक्षतमा ३९ सदस्यीय चयन, माण्डवी गाउपालिकामा जुनु विश्वकर्माको अध्ययक्षतामा ४९ सदस्यीय निर्वाचित भएका छन ।

    त्यस्तै प्यूठान नगरपालिकामा सिता भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय, झिमरुकमा सन्दिप केसीको अध्यक्षतामा ४५ सदस्यीय र गौमुखी गाउँपालिकामा सुवास पुरीको अध्यक्षतामा ४५ सदस्यीय चयन गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।