Logo

२०८३, आश्विन १२गते


images
images

स्कुल बस दुर्घटना: मृतक आमा-छोराको परिवारलाई २१ लाख दिने सहमति

स्कुल बस दुर्घटना: मृतक आमा-छोराको परिवारलाई २१ लाख दिने सहमति

images
  • स्कुल बस दुर्घटना: मृतक आमा-छोराको परिवारलाई २१ लाख दिने सहमति
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा २१ मट्टिखान सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्स विकको आज अन्त्येष्टी गरिने भएको छ । मुक्ति समाज नेपालको अगुवाईमा भएको छलफलबाट मृतक परिवारलाई २१ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी रहेको मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन बहादुर नेपालीले जानकारी दिए । '

    images
    images
    images

    उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच छलफल भएको थियो ।

    images
    images
    images

    उक्त छलफलबाट विद्यालय प्रशासनले, एनप्याप्सन र मुक्ति समाजको तर्फबाट २१ लाख रूपैयाँ दिने सहमति भएको बताइएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।

    ११ जनाको उपचार हुँदैं उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।

    अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुल बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।