Logo

२०८३, आश्विन १२गते


images
images

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन समितिले बुझायो

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन समितिले बुझायो

images
  • पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन समितिले बुझायो
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष छानविन समितिले निकालिएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रतिवेदन बुझाएको छ । साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा बस दुर्घटनामा परेको थियो ।

    images
    images
    images

    दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो भने अन्य २८ जना घाइते भएका थिए । दुर्घटनालगत्तै महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा बनाएको अध्ययन समितिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ ।

    images
    images
    images

    सो प्रतिवेदनमा दुर्घटनाको कारणसहित आगामी दिनमा दुर्घटना हुन नदिनका लागि विद्यालयलाई सचेतता अप्नाउन सुझाव दिइएको मेयर आचार्यको सचिवालयले जनाएको छ । प्रतिवेदनमा बस दुर्घटना हुँदाबखत विद्यालयमा अध्ययनरत विद्यार्थी बाहेक एक अभिभावक, एक कर्मचारी र ५ जना अर्कै विद्यालय छोरेपाटन माविमा अध्ययनरत विद्यार्थी समेत रहेको उल्लेख छ ।

    सोही अवस्थालाई मध्यनजर गर्दै अध्ययन समितिले पोखराका सम्पूर्ण विद्यालयहरुमा समेत लागू हुनेगरी केहि महत्वपूर्ण सुझावहरु दिएको छ । विद्यालयका विद्यार्थीबाहेक अर्को विद्यालयका विद्यार्थी, अभिभावक वा अन्य कसैलाई पनि स्कुल बसमा नराख्न भनिएको छ । अध्ययन समितिले बसको गति कम गर्न पनि सुझाव दिएको छ ।

    अध्ययन समितिले विद्यालयलाई आवश्यक्ताका आधारमा मात्र स्कुल बस सञ्चालन गर्न तथा पोखरा महानगरपालिकाले निर्देशन गरे बमोजिम विद्यालय सञ्चालन हुनु भन्दा १ घण्टा ३० मिनेट अगाडि मात्र बस सञ्चालन शुरु गर्न, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग, सचेत भई सवारी साधन सञ्चालन गर्न, विद्यालय बस चलाईरहेको समयमा चालकले मोवाईल फोनमा कुरा गर्न नहुने र विद्यार्थी चढदा र झर्दाको समयमा अत्यन्त सावधानी अप्नाउन भनिएको छ ।

    अध्ययन समितिले सवारी साधनको ब्रेक, स्टेरिङ, टायर पूर्ण रुपमा समय समयमा मर्मत सम्भार गर्ने तथा बस मर्मतमा गुणस्तरीय पाटपूर्जाको मात्र प्रयोग गर्ने साथै पार्किङ ब्रेकलाई चुस्तदुरूत राख्न सुझाव दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुल बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।