बुटवल । प्रगतिशिल लेखक संघ (प्रलेस), रूपन्देहीले हाेराइजन साहित्यिक परिषद, बुटवलकाे सहजीकरणमा सिर्जनात्मक लेखन अभियान अन्तर्गत " अङ्ग्रेजी, संस्कृत र नेपाली लाेक छन्दमा कविता लेखन तथा वाचन कार्यशाला" शुक्रवार होराइजन आवासीय माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ ।
कार्यशालाको उद्घाटन प्रमुख अतिथिका रूपमा रहेका प्रगतिशील लेखक संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले विद्यालयस्तरमा साहित्यलाई प्रभावकारी रुपमा गतिशील बनाउन सिर्जनशील लेखन कार्यशाला आवश्यक रहेको बताए होराइन साहित्यिक परिषदले समय-समयमा साहित्यिक गतिविधिहरु गर्दै नेपाली साहित्य-आकासलाई फराकिलो बनाउँदै लगेको प्रमुख अतिथि गुरुङले उल्लेख गरे ।
प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयमा साहित्यलाई सिर्जनात्मक तरिकाले अघि बढाउन कार्यशालाको आयोजना गरिएको र यसले विद्यार्थीको लेखन तथा वाचनकलालाई उत्कृष्ट बनाउन सहज हुने बताए। रेडियो देवदहका कार्यकारी निर्देशक दीपक न्यौपानेले कार्यशाला सफलताको शुभकामना प्रकट गरेका थिए। कार्यक्रममा वरिष्ठ छन्दकवि कृष्णप्रसाद काेइरालाले कविता वाचन गरेका थिए।
कार्यशालामा प्रलेस, रुपन्देहीका अध्यक्ष अङ्ग्रेजी,संस्कृत र नेपाली लाेक छन्दका विख्यात विद्वान् छन्द अभियान्ता कविराज पौडेल प्रमुख प्रशिक्षकका रूपमा र सदस्य वरिष्ठ छन्दकवि यज्ञलाल सुवेदीले सहायक प्रशिक्षक रहेका थिए।
झण्डै १०० जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे उक्त कार्यशालामा अङ्ग्रेजी र संस्कृत तथा नेपाली लाेक छन्दमा सहभागीहरूले कविता लेख्न सफल देखिए। कार्यक्रमकाे स्वागत विद्यालयका सहायक प्राचार्य राजीव श्रेष्ठ र सञ्चालन शिक्षक हरिप्रसाद पौडेलको रहेको थियने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology