Logo

२०८३, कार्तिक २८गते


images
images

संस्कृति

रुपन्देहीमा प्रथम मगर साहित्य सम्मेलन हुने, देश तथा विदेशमा समेत तयारी सुरु

रुपन्देहीमा प्रथम मगर साहित्य सम्मेलन हुने, देश तथा विदेशमा समेत तयारी सुरु

images
  • रुपन्देहीमा प्रथम मगर साहित्य सम्मेलन हुने, देश तथा विदेशमा समेत तयारी सुरु
    images

    बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम साहित्य सम्मेलन हुने भएको छ । आगामी मंसिर २१ र २२ गते हुने सम्मेलनको तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरी तयारी सुरु गरिएको प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । 

    images
    images
    images

    सम्मेलनको तयारी स्वरुप शनिबार बुटवलमा अन्तरक्रियासहित सम्मेलनको औचित्य तथा महत्वबारे छलफलसहित सम्मेलनको लोगो समेत सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविताबाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने रानाले जानकारी दिए । 

    images
    images

    देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलनको आयोजनाका लागि ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । 

    सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उपसमिति गठन गरी तयारीलाई अघि बढाइएको छ । 

    सम्मेलनमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने सम्मेलन मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् । 

    उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिइन् । 

    सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने जनाइएको छ । 

    सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।