Logo

२०८३, आश्विन १०गते


images
images

श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबिच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता

श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबिच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता

images
  • श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पतालबिच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता
    images
    images

    देवदह  । देवदह ५ खैरेनीमा रहेको श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पताल काठमाडौ बिच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता भएको छ। पोलिक्लिनिकले आइतबार पत्रकारहरु बीच सम्झौताको विषयमा जानकारी गराएको हो ।
     
    स्वास्थ्य सम्बन्धि विभिन्न उपचारका लागि ग्राण्डी अस्पतालसङ्ग सम्झौता गरिएको पोलिक्लिनिकका अध्यक्ष डा.कृष्ण गैरेले जानकारी दिए ।

    images
    images
    images

    सम्झौता अनुसार विशिस्टिकृत तथा विशेषज्ञ उपचारका लागि श्रीकृष्ण पोलिक्लिनिकद्वारा सिफारिस गरिएका विरामिले अप्रेसन तथा सिटिस्क्यान, एम. आर. आई. रगत परिक्षणमा १० प्रतिशत छुट पाउने डा. गैरेले जानकारी दिए। 

    images
    images
    images

    त्यस्तै ग्राण्डी अस्पतालमा उपचारपछि आवश्यक ड्रेसिङ तथा परिक्षण पनि पोलिक्लिनिकबाटै प्राप्त गर्नेछन् । आकस्मिक विरामिहरुका लागि हेलि सपोर्टका लागि समेत पोलिक्ल्निकले सहजीकरण गर्ने बताइएको छ।

    images
    images
    images
    IMG-20240805-WA0000.jpg

    त्यस्तै ग्राण्डी अस्पतालका विशेषज्ञ डाक्टरसङ्ग फोन परामर्श समेत पोलिक्लिनिकबाटै प्राप्त हुनेछ । फोन परामर्शको एक हप्ताभित्रमा ग्राण्डी अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा परिक्षण शुल्क निशुल्क हुने क्लिनिकका संचालक डा. विष्णु ढकालले जानकारी दिए ।

    सम्झौताले ग्राण्डी अस्पतालजस्तो विशिस्टिकृत स्वास्थ्य संस्थाले स्थानीयस्तरमा संचालित पोलिक्लिनिकसङ्ग समन्वय गर्नु विरामीहरुको लागि राम्रो भएको पोलिक्लिनिकका अध्यक्ष डा.गैरेको भनाई  छ ।

     केही समय अघि सम्झौता ग्राण्डी अस्पतालका सिओओ अमित खन्ना र पोलिक्लिनिकका तर्फबाट अध्यक्ष डा.कृष्ण गैरेको उपस्थितिमा ग्राण्डी अस्पताल धापासी काठमाडौमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।