बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल नगर कमिटीले सडक व्यवसायी महिलालाई नगर प्रहरीले लछारपछार गरेको विषयमा आपत्ति जनाएको छ । आइतबार नगर प्रमुख खेलराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै माओवादी केन्द्र बुटवलले उपमहानगरभित्र गरिब, असाहय सबै स-सम्मान बस्न र व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न नगरपालिकालाई अनुरोध गरेको हो ।
१९ गते बुटवलको अस्पताललाईनमा १०-१५ के.जि. स्याउ डोकोमा बोकेर बिक्री गर्दै गरेको अवस्थामा एक महिला टिका श्रीष मगरलाई नगर प्रहरीले अस्पताललाईनबाट नेपालगञ्जरोडसम्म लखेटेको र उनिमाथि अमानविय तरिकाले हापपात गर्दै लछारपछार गरेको घटना अमानविय, मानवअधिकार विरोधी र समृद्ध समाजको लागि एक धब्बाको रूपमा रहेको माओवादी केन्द्रले जनाएको छ.।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, "हालै नाटकीय ढंगले नेपाली काँग्रेस र एमालेको गठबन्धनसँगै संघीय सरकार बिचौलियाले चलाएको वर्तमान सन्दर्भमा सम्बद्ध दलसँग सम्बन्धित नेपाली काँग्रेसको मेयर र ने.क.पा. एमालेको उपमेयरसमेत अहिलेको गठबन्धनभित्रै भएकोले यि र यस्ता घटनाहरु घटाइएका हुन्की भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।"
पार्टीका नगर अध्यक्ष महेन्द्र भुसाल र सचिव सागर न्यौपानेद्वारा हस्ताक्षरित धानाकर्षण पत्रमा माओवादी केन्द्रले गरिब र असहायमाथि हुने दमनका घटना तत्काल नरोके पार्टीले त्यसको प्रतिवाद समेत गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology