Logo

२०८३, कार्तिक २८गते


images
images

वर्षाका कारण हवाई सेवा प्रभावित

वर्षाका कारण हवाई सेवा प्रभावित

images
  • वर्षाका कारण हवाई सेवा प्रभावित
    फाइल फोटो
    images

    काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो ।

    images
    images
    images

    आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् ।

    images
    images
    images

    आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको थियो भने दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड गर्नुपरेको थियो ।

    images
    images

    विमानस्थल कार्यालयका अनुसार एयर अरेबिया र कुवेत एयरलाइन्सका जहाज भने सहजै अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हवाई सेवा प्रभावित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।