Logo

२०८३, श्रावण ३०गते


images
images

'युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ' - युवा नेता महेश बस्नेत 

'युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ' - युवा नेता महेश बस्नेत 

images
  • 'युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ' - युवा नेता महेश बस्नेत 
    images
    images

    काठमाडौं- नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले युवा संघमा आबद्ध भयो भने भाइरल बनाउने बताएका छन् । उनले युवासंघमा लाग्नेहरूको टिकटक र फेसबुकमा फ्यान थपिने बताए । 

    images
    images
    images

    उनले युवासंघमा लाग्नेहरूको पाँच लाख साथी थपिने समेत बताए। शनिबार युवा संघद्वारा आयोजित ‘वमेन सेल्फ डिफेन्स ट्रेनिङ’ कार्यक्रममा बोल्दै उनले सो संगठन लोकप्रिय रहेको भन्दै त्यसमा आबद्ध भएपछि सामाजिक काम गरौं गरौं लाग्ने बताए। 

    images
    images
    images

    ‘तपाईंले फेसबुकमा कुनै स्टाटस हाल्नुभयो भने दश बीस लाइक होइन, दुई चार सय लाइक हाइहाल्छ। किनभने तपाईं युवासंघको सदस्य हुनुभयो। टिकटक बनाउनुभयो भने पहिलाको जस्तो दुई तीन सय भ्युअर्स होइन, अब चालिस पचास हजार भ्युअर्स भइहाल्छ। तपाईं त्यति लोकप्रिय संगठनमा आबद्ध हुनुभयो’, बस्नेतको भनाइ छ। 

    images
    images
    images

    उनले क्षमतालाई उजागर गर्नका निम्ति तपाईंलाई सहयोग, साथ र संगठन चाहिने भन्दै राष्ट्रिय युवा संघ उपयुक्त भएको बताए। ‘असल गायक र नृत्य गर्ने मान्छेलाई मञ्च चाहिन्छ। स्टेज पाउनुभयो भने मात्रै तपाईंको कलाको प्रचार हुन्छ। र, आफ्नो क्षमता देखाउन पाउनुहुन्छ। यदि चलचित्रहरु बनेका थिएनन् भने राजेश हमाल महानायक हुन पाउने थिएनन्। बलिउडमा उत्कृष्ट चलचित्र बनेका हुन्थेनन् भने सलमान खान, सलमान खान हुने थिएनन्’, राष्ट्रिय युवा संघको औचित्य पुष्टि गर्न उनले भने। 

    सम्बोधनको क्रममा बस्नेतले माधवकुमार नेपालको पनि आलोचना गरे। ‘कसैलाई नेता बन्न रहर लाग्यो भनेर नयाँ पार्टी खोल्दैमा नेता भइँदैन। नयाँ पार्टी खोलेर प्रचण्ड र शेरबहादुर देउवाको पछी लागेर एमाले छिनाउने, हिजो राजालाई दाम चढाएर पार्टी बुझाएका माधव नेपालले आज प्रचण्डलाई दाम चढाएर यो पार्टी बुझाउन खोज्दैछन्’, उनले भने। 

    (यो समाचार हिमालपोस्टमा प्रकाशित छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • # युवा संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।