सन्तोाष सनार, प्यूठान । प्यूठानको गौमुखी गाउपालिकामा ३० औं विश्व आदिवासी दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न भएको छ ।
शुक्रबार “स्वेच्छिक रुपमा राज्यबाट अलग र प्रारिम्भक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकारको संरक्षण ” भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ गौमुखी गाउँपालिका समन्वय परिषद् प्यूठानको आयोजनामा गौमुखी गाउँपालिकाको समन्वयमा गौमुखी सभाहलमा ३० औं विश्व आदिवासी दिवस तथा आदिवासी जनजाति सवाल र समस्या विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्रमुख अथिति रहेका प्राध्यापक डाक्टर भोजविक्रम बुढा मगरले आफ्नो हक र अधिकार सुनिश्चित गर्न सर्वप्रथम सम्पुर्ण आदिवासीहरु एक हुन आवश्यक रहेकोे बताएका थिए ।
एक –एक जोडे दुई हुन्छ, दुई –दुई जोडे चार हुन्छ हिम्मत गरे समुद्र पार हुन्छ भन्ने वाक्यांश जोड्दै समाजमा एकता भएर सभ्य समाजको निर्माण गर्नु हाम्रो दाहित्व भएको समेत प्राध्यापक डाक्टर बुढाले धारणा रोखका थिए । त्यस्तै गाउँपालिका उपाध्यक्ष महावीर रानाले आदिवासी जनजातिलाई हरेक कुरामा अगाडि बढाउन निकै चुनौति रहेको बताएका थिए ।
आदिवासी जनजातिहरुसंग शीप र संस्कृति प्रचुर रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने महावीर रानाले धाराण राखेका थिए । आदिवासीलाई आफ्रनो संस्कृतीको संरक्षण गर्न र अनेक भए पनि माकुराको जालो जस्तो भएर एकता स्वरुपमा लाग्न बताएदै गाउपालिकाबाट सहयेग गर्ने उपाध्यक्ष रानाले बताएका थिए ।
कार्यक्रममा आदिवासी जनसमुदायको संस्कृती अनुसार बालबालिकाले गित सँगै नाच समेत प्रद्धशन गरेर झझल्काएका थिए ।
गौमुखी गाउपालिकामा थकालि, मगर, गुरुङ, तामाङ र कुमाल जातिहरुको वसोवास रहेको छ। गौमुखीमा थकालि, मगर, गुरुङ, तामाङ र कुमाल जातिहरुको वसोवास रहेको छ। आदीवासी महासंघ अध्यक्ष लिलामणि थापाको अध्यक्षता भएको कार्यक्रममा विभिन्न राजनैतिक दल तथा संघसंस्था प्रतिनिधी तथा स्थानियहरुको उपस्थित रहेको थियो भने ,संचालन चन्द्र बहादुर कुमालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology