Logo

२०८३, कार्तिक २८गते


images
images

फोनिजले मनायो रजत महोत्सव, रूपन्देहीमा स्मारिका विमोचन र पत्रकार सम्मान

फोनिजले मनायो रजत महोत्सव, रूपन्देहीमा स्मारिका विमोचन र पत्रकार सम्मान

images
  • फोनिजले मनायो रजत महोत्सव, रूपन्देहीमा स्मारिका विमोचन र पत्रकार सम्मान
    images

    बुटवल । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले  रजत महोत्सव मनाएको छ  । संस्था स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा देशभरी कार्यक्रम गरि रजत महोत्सव मूल समारोह आयोजना गरेको फोनिजले रूपन्देहीमा स्मारिका विमोचन र पत्रकार सम्मान कार्यक्रम गरेको छ । 

    images
    images
    images

    आइतबार बुटवलमा आयोजना गरिएको मूल समारोहमा फ़ोनिज स्मारिका र पुरस्कार सहित पत्रकार सम्मान गरिएको हो । 

    images
    images
    images

    स्मारिका विमोचन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जनजातिको पहिचानको लागि बुटवलले काम गरिरहेको बताए ।  देशमै पहिलोपटक बुटवलले नेपाली बाहेक मगर र थारू भाषामा नागरिक वडापत्र राखेको उल्लेख गर्दै उनले अन्य पाँच जातिय क्लस्टरको भाषामा समेत वडा पत्र राख्ने तयारी गरिरहेको बताए । 

    images
    images

    बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको  र त्यसको लागि नगरसभाले नै कार्यक्रम तय गरेको प्रमुख पाण्डेयको भनाइ छ । 
     
    कार्यक्रममा बोल्दै फोनिज केन्द्रिय उपाध्यक्ष सरु रानाले समावेशिता र आदिवासी जनजातिको पक्षमा फ़ोनिजले कलम चलाइरहेको बताइन् । राज्यका सबै तहमा जनसंख्याको आधारमा सबैको समानुपातिक प्रतिनिधित्व समावेशी लोकतन्त्रको महत्वपुर्ण पक्ष भएको जिकिर गर्दै उनले सबै पत्रकारले लोकतन्त्रको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिइन् । 

    फ़ोनिज रूपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा सम्पन्न मूल समारोहमा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, विभिन्न जातिय संगठनका प्रतिनिधि, पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।  
     
    देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित 
     
    यसैगरी रजत महोत्सवको अवसरमा फ़ोनिज रूपन्देहीले पत्रकार मिलन गाहालाई सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरेको छ । आदिवासी जनजातिको पक्षमा निरन्तर कलम चलाउदै आएका गाहालाई हरेक वर्ष प्रदान गरिने देवपाटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष सनु थापाले जानकारी दिए । IMG-20240812-WA0000.jpg

    गाहालाई ११ हजार १११ रुपैया नगद राशीसहित सम्मान गरिएको हो  । सम्मानित भएका पत्रकार गाहा दुई  दशकदेखि पत्रकारितामा आवद्ध रहेका छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनीका ईन्चार्ज हुन् । 

    स्वर्गीय पाटा मगर फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।