Logo

२०८३, श्रावण २७गते


images
images

स्याङ्जामा सुन्तलाबाट ‘आँधीखोला वाइन’ उत्पादन

स्याङ्जामा सुन्तलाबाट ‘आँधीखोला वाइन’ उत्पादन

images
  • स्याङ्जामा सुन्तलाबाट ‘आँधीखोला वाइन’ उत्पादन
    images
    images

    पोखरा । स्याङ्जाबाट वाइन उत्पादन सुरु गरिएको छ । सुन्तलाबाट उत्पादन गरिएको वाइनलाई ‘आँधीखोला’ नाम दिइएको छ । हाल परीक्षणका रुपमा उत्पादन सुरु गरिएको बताइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा वाइन उत्पादन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ प्रमुख माधव लम्सालले जानकारी दिए ।

    images
    images
    images

    स्याङ्जा सुन्तलाबाट प्रख्यात जिल्ला हो । सुन्तलालाई कच्चा पदार्थको रुपमा प्रयोग गरी वाईन उत्पादन सुरु गरिएको उनले बताए ।

    images
    images
    images

    पुतलीबजार नगरपालिका वडा नं. ११ करेन्डाँडामा सुन्तला प्रशोधन घर प्रालिले सुन्तला सुपर जोनको सहयोगमा वाइनको सफल परीक्षण पछि बजारमा ल्याएको छ ।

    सुन्तला प्रशोधन घरमा केही युवाले संयुक्त लगानी गरेका छन् । यो वाइन उत्पादनको सफल परीक्षण गरिएको र अब पाक्ने सुन्तलाबाट उत्पादन हुने वाइन बजारमा आइपुग्ने प्रमुख लम्सालले बताए ।

    अन्तःशुल्कबाट स्वीकृत लिएर बजारमा विक्रीका लागि आउने र नेपालभर तथा नेपाल बाहिर पनि मागका आधारमा वाइन पु¥याइने लम्सालले बताए ।

    स्थानीय सुन्तला किसान एवं सुन्तला सुपरजोन समिति अध्यक्ष बोधराज अर्यालले सुन्तलाबाट मदिरा बनाउन सकिन्छ भन्ने उदाहरण दिँदै आएका थिए । त्यसैका आधारमा वाइनका लागि प्रक्रिया अघि बढेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आँधीखोला वाइन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।