देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह —७ शीतलनगरमा अध्ययनरत ३९ जना विद्यार्थीहरुले नेपाल स्काउटको आधारभूत तहको तालिम पूरा गरी दीक्षित भएका छन् ।
विद्यालयले बिहिवार एक समारोहको आयोजना गरी दीक्षित विद्यार्थीहरुलाई समाज र मानवीय सेवामा लाग्न प्रेरित गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, देवदह नगरपालिकाका स्काउट आयुक्त विकाश गहतराज लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology