देवदह । देवदह-५ मा अवस्थित न्यू लुम्बिनी इंलिश बोर्डिंग स्कुलले डिजिटल माध्यमबाट विद्यालय क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरेको छ । प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षाको मार्गप्रशस्त गर्ने उद्देश्यले विद्यालयले अनलाइन भोटिङ प्रणालीमार्फत बिहिबार क्याप्टेनको निर्वाचन निर्वाचन सम्पन्न गरेको हो ।
निर्वाचनमा क्याप्टेनमा ३ जना र भाइस क्याप्टेनमा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये कक्षा १० का विमोसन थापा १५६ भोट प्राप्त गरि विद्यालय क्याप्टेन चयन भएका छन् भने उनका प्रतिद्वन्द्वी खुशी घर्तीले १०१ मत र स्पर्श गाहा मगरले ३२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कक्षा ९ का मौसम शाक्य ९७ मत प्राप्त गरि भाइस क्याप्टेन बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अमिस गुरुङ्गले ७१ मत प्राप्त गरेका थिए भने अन्य प्रतिस्पर्धी रविना श्रेष्ठले ४९ मत, शिशिर शाक्यले ३० मत, प्रिन्स सुनार २३ मत, एन्जिला डाँगी क्षेत्री ११ मत र अनुसुया भुर्तेलले ८ मत प्राप्त गरेको विद्यालयका संचार संयोजक देउमाया आलेले जानकारी दिइन् ।
निर्वाचनमा विद्यालयका कक्षा १ देखि १० सम्का विद्यार्थीहरुले आफ्नो मताधिकार प्रयोग गरेका थिए । जम्मा ३१४ मतदाता रहेकोमा २८९ मत खसेको थियो भने २५ जना मतदाता अनुपस्थित रहेको थियो । जसमा छात्रतर्फ १४० भोटमा २३४ मत र छात्रा तर्फ ३४२ मतदातामा ३४२ मत खसेको जनाइएको छ ।
विजेता विद्यार्थीलाई बधाई दिंदै विद्यालयका प्रिन्सिपल बिनोद थापा मगरले डिजिटल प्रणालीबाट निर्वाचन सम्पन्न गरेको पहिलो विद्यालय न्यू लुम्बिनी भएको दावी गरे । उनले विद्यार्थीहरुलाई प्रविधिसँग अझै नजिक हुन यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । आगामी वर्षमासमेत विद्यालयले डिजिटल निर्वाचनलाई परिस्कृत गर्दै निरन्तरता दिने विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology