Logo

२०८३, कार्तिक २८गते


images
images

कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्ने नगरपालिकाको निर्णयमा उच्च अदालतको अन्तरिम आदेश

कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्ने नगरपालिकाको निर्णयमा उच्च अदालतको अन्तरिम आदेश

images
  • कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्ने नगरपालिकाको निर्णयमा उच्च अदालतको अन्तरिम आदेश
    images

    देवदह । कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्ने निर्णयमा कोहलपुर नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश दिएको छ । इश्वर प्रसाद पोख्रेलले दायर गरेको रिटमा उच्च अदालत, तुल्सीपुर, नेपालगन्ज इजलासका न्यायाधीस पुनम सिङ चन्दले अन्तरिम आदेश दिएका हुन् ।

    images
    images
    images

    नगरपालिकालाई १५ दिनभित्र अदालतमा लिखित जवाफ पठाउन आदेश दिंदै अदालतले विद्यालयमा ११-१२ को कक्षा विहानी शत्रमा संचालन गर्न नपाउने सम्बन्धमा जारि भएका पत्र र निर्देशन अर्को फैसला नहुँदासम्म कार्यान्वयन नगर्न निर्देशन दिएको छ । 
      
    आदेशमा भनिएको छ, "प्रचलित शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ ले विद्यालयलाई बिहानी शत्र संचालनमा कुनै रोक नलगाएको अवस्थामा विद्यालयले विद्यार्थी तथा अभिभावकको चाहाना, विद्यार्थी भर्नाको अवस्था, विद्यालयको भौतिक संरचना र शिक्षकहरुको उपलब्धता लगायत विधार्थीहरुको सर्वोत्तम हित समेतको आधारमा कक्षा ११-१२ को बिहानी सत्र संचालनमा रोक लगाउदा विद्यार्थीहरुलाई मर्का पर्न जाने र विद्यालयलाई अपुरणीय क्षेती हुने भएकोले सुविधा सन्तुलनको दृष्टीले प्रस्तुत रिट-निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यथास्थितिमा राख्नु र कक्षा ११- १२ को विहानी सत्र संचालन गर्ने कार्यमा कुनै पनि किसिमको हस्तक्षेप नगर्नु नगराउनु ।"

    images
    images
    images

    कक्षा १२ सम्मलाई विद्यालय शिक्षा कै रूपमा मानिएपछि कोहलपुर नगरपालिकासहित देशका कतिपय स्थानीय सरकारले कक्षा १-१० सरह कक्षा ११ र १२ पनि दिवा सत्रमा संचालन गर्न निर्देशन दिएका छन् । विद्यालय संचालकहरूले विद्यार्थीले सेवा रोज्न पाउने हक खोसिएको भन्दै स्थानीय सरकारको निर्णयमा विरोध जनाउंदै आएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।