Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा डेंगीबाट तीन जनाको मृत्यु, दिनहुँ डेंगीका विरामी बढ्दै

पोखरामा डेंगीबाट तीन जनाको मृत्यु, दिनहुँ डेंगीका विरामी बढ्दै

images
  • पोखरामा डेंगीबाट तीन जनाको मृत्यु, दिनहुँ डेंगीका विरामी बढ्दै
    images
    images

    पोखरा ।  पोखरामा दिनहुँ डेंगी संक्रमितको संख्या बढेसँगै जोखिम बढेको छ । पोखरा मात्रै हैन गण्डकी प्रदेशका अन्य ठाउँमा पनि डेंगीका विरामी बढेका छन् ।

    images
    images
    images

    पोखराका तीन अस्पतालमा उपचारका क्रममा तीन जनाको डेंगीबाट मृत्यु भएको छ । पोखराका गण्डकी मेडिकल कलेज, फिष्टेल अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एक एक जनाको डेंगीबाट मृत्यु भएको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश केसीले जानकारी दिए ।

    images
    images
    images

    उनले तनहुँमा डेंगी लागेपछि उपचारका लागि पोखरा ल्याएका दुई जना र कास्की एक जनाको मृत्यु भएको जानकारी दिए ।
    गण्डकी प्रदेशमा पुस यता २१ सय ५७ जनामा डेंगी देखीको उनको भनाई छ । जसमा तनहुमा ९ सय ५६, कास्कीमा ७ सय ५२, पर्वतमा १ सय २८ जनामा देखीको छ ।

    images
    images
    images

    एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु लाग्ने गर्दछ । अघिल्लो वर्ष पनि तनहुँमा डेंगु संक्रमण सबै भन्दा बढि भएको थियो । गण्डकी प्रदेशमा करिब १२ हजार संक्रमित मध्ये ७ हजार तनहुँका मात्रै थिए । यो वर्ष पनि तनहुँमा डेंगुका विरामी प्रदेशकै धेरै रहेको केसीले बताए ।

    अघिल्लो वर्ष सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले अत्त्याएको थियो । यो वर्ष सबैभन्दा बढी संक्रमण फैलिएको तनहुँको आँबुखैरेनी गाउँपालिकामा हो । गण्डकी प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ । डेंगीले फैलिन नदिन प्रदेश सरकार लागि परेको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताए ।

    डेंगी फैलाउने लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । खासगरि वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका फिजिसियन डा. शरद चन्द्र बरालले बताए ।

    उनले डेंगी संक्रमण भएपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्न बताए । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने हुन सक्ने उनले बताए । प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।