कृष्ण अन्जान गुल्मी -आफ्नाे लागि बाच्न त सबैले जानेका छन तर अरुका लागि पनि जिउने हरु महान हुन ।
गुल्मी हुँगाकी भगवती अर्याल गाउँबाट अवसरकाे खाेजीमा बुटवल झरेकाे करिब २५ वर्ष पूरा भएकाे छ । यी पच्चीस वर्ष विभिन्न आराेह अवराेह संग जुद्धै गर्दा पनि गुल्मेली चेली भगवतीले यतिवेला समाज सेवा र मानव सेवामा आफुलाइ स्थापित गराउनु भएकाे छ ।
मुख्यतया भगवतीअर्याललाई रक्त दाताकाे रुपमा सबैले चिन्छन । ए नेगेटिभ रगत दुर्लभ रगतकाे रुपमा रहेका कारणले पनि आकस्मिक रुपमा रक्त दानका लागि भगवती अर्यालकाे खाेजि हुन्छ ।
कसैकाे ज्यान बच्छ भने रगत दिँदा केही फरक पर्दैन याे मानवता भित्र पर्छ र रक्तदान जीवन दान हाे भन्ने बुझेकी छु र कसैलाई आवस्यक पर्याे भने रक्तदानका लागि तयार हुन्छु भगवतीअर्यालले भन्नु भयाे ।
हाल सम्म दर्जनौँ चाेटी रक्तदान गरिसक्नु भएकी गुल्मेली चेली अर्यालले आफुले सक्दा सम्म रक्तदानलाइ निरन्तरता दिने बताउनु भयाे ।
बुटवलकाे गार्गी एकेडेमीमा अध्यापन गर्दै चेतना फैलाउने अर्याल विभिन्न सामाजिक संस्थामा आवद्द हुनुहुन्छ ।
करिब पाँच सय सदस्य रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाजकाे रुपन्देही जिल्ला सदस्य रहेकी अर्याल प्रगतिशील संगत वचत तथा ऋण सहकारी सस्थाकाे सन्चालक समिति सदस्य संगै सामाजिक संस्था राेटरी क्लव अफ तिलाेत्तमा कि सदस्य समेत हुनुहुन्छ ।
अध्यापनकाे व्यस्तता बाट केही समय निकालेर गुल्मेली चेली अर्याल मानवता र समाज सेवाका काममा हरेक पल व्यस्त भेटिनु हुन्छ ।
"हामी मानव हौँ मानवले मानवका लागि गर्ने काम नै मानविय र समाज सेवा हाे मलाइ समाजसेवा र मानवता का लागि खट्दा थकाइ लाग्दैन " अर्याल दृढताका साथ भन्नु हुन्छ ।
पछिल्लो समय समाज र मानव सेवामा खडेरी परिरहँदा गुल्मेली चेली भगवती अर्यालकाे याे कृयाशिलताले मनवता अझै जीवित रहेकाे आभाष हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology