Logo

२०८३, कार्तिक २८गते


images
images

नियमानुसार कर्मचारी सरुवा गरिएको पोखरा महानगरको प्रष्टोक्ति

नियमानुसार कर्मचारी सरुवा गरिएको पोखरा महानगरको प्रष्टोक्ति

images
  • नियमानुसार कर्मचारी सरुवा गरिएको पोखरा महानगरको प्रष्टोक्ति
    images

    राजेश पराजुली, पोखरा ।    पोखरा महानगरले आफ्नो ४२ कर्मचारीको आन्तरिक सरुवा भएको प्रष्टिकरण दिएको छ । कुनै कर्मचारीले आफूले इन्टरनेटमा अपलोड गरेको विषयलाई लिएर सरुवा गरिएको भनि गरेको प्रचार र त्यसमा आएका विभिन्न टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाउँदै महानगरले आर्थिक वर्ष २०८१/०८२ संगै पहिलो चरणमा ४२ कर्मचारीको आन्तरिक सरुवा गरिएको प्रष्टिकरण दिएको हो ।

    images
    images
    images

    महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले कार्यालयले नियम अनुसार नै कर्मचारी सरुवा गरिएको प्रष्ट्याएका छन् । कर्मचारी सरुवा नियमित प्रक्रिया भएको विषयलाई  विषयान्तर गरी भइरहेको टिकाटिप्पणी प्रति महानगरको ध्यानाकर्षण भएको उनले बताएका छन् ।

    images
    images
    images

    उनले सरुवाको विषय कुनै व्यक्ति वा गीतसंगीत प्रति लक्षित नभएको प्रष्ट पार्दैै आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्याक्षत्रमा खट्ने कर्मचारी माथि कुनै प्रकारको भेदभाव वा दुराग्रह नराखिएको र नराखिने ध्यानाकर्षण पत्र मार्फत उल्लेख गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्मचारी सरुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।