Logo

२०८३, कार्तिक २८गते


images
images

पोखराबाट जोमसोम जाँदै गरेको बसमाथि खस्यो पहिरो, दुई जना घाइते

पोखराबाट जोमसोम जाँदै गरेको बसमाथि खस्यो पहिरो, दुई जना घाइते

images
  • पोखराबाट जोमसोम जाँदै गरेको बसमाथि खस्यो पहिरो, दुई जना घाइते
    images

    राजेश पराजुली, पोखरा । पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको यात्रुबसमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा बेनी नगरपालिका वडा नं ४ की २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका वडा नं २ घर भई हाल पोखराको लेखनाथ बस्दै आएका ३२ वर्षीया मीना नेपाली छन् ।

    images
    images
    images

    दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।

    images
    images

    म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा ग१ख ७७१७ नम्बरको बसमाथि आज दिउँसो करिब २ बजे पहिरो खसेको हो ।

    सडक माथिबाट एक्कासि आएको पहिरोसहितको ढुंगाले लागेर साे घटना भएको प्रहरीले जनाएको छ ।

    पहिरोसँगै ठूलो ढुंगो बसको ढोकैमा आएर ठोक्किएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बसमाथि खस्यो पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।